सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा २९०० रुपैयाँ घट्यो

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो दिन बुधबार यसको कारोबार २ लाख ८८ हजार ५०० रुपैयाँमा भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि तोलामा १०० रुपैयाँको गिरावट देखिएको छ। बुधबार प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ८२० रुपैयाँमा झरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा