रास्वपाको केन्द्रीय समिति बैठक आज: बालेन शाहलाई संसदीय दलको नेता चयन गरिँदै, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको महत्त्वपूर्ण बैठक आज (बिहीबार) दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ। यस बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची रहेको छ, जसले औपचारिक रूपमा बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गर्नेछ।

गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र काठमाडौँका तत्कालीन प्रमुख बालेन शाहबीच भएको ७ बुँदे सहमति अनुसार यो प्रक्रिया अघि बढेको हो। उक्त सहमतिको बुँदा नं ४ मा लामिछाने पार्टी सभापति रहने र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने उल्लेख थियो। सचिवालय सदस्य गणेश पराजुलीका अनुसार, सोही सहमति बमोजिम आजको संसदीय दलको बैठकले बालेनलाई दलको नेता छान्ने निश्चित भएको छ।

आजै नवनिर्वाचित सांसदहरूले संघीय संसद् भवन नयाँ बानेश्वरमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले १७९ सिटसहित स्पष्ट बहुमत ल्याएकाले बालेन शाह मुलुकको आगामी प्रधानमन्त्री बन्ने सुनिश्चित भएको हो। उहाँले झापा–५ बाट भारी मतान्तरले चुनाव जित्नुभएको थियो।

भोलि (शुक्रबार) बालेन शाहले प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ। पार्टीले आजै संसदीय दलको नेता चयनको जानकारी राष्ट्रपति कार्यालयलाई दिने तयारी गरेको छ। संविधानको धारा ७६ (१) बमोजिम राष्ट्रपतिले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुनेछ। ३५ वर्षीय शाह नेपालको इतिहासमै सबैभन्दा कम उमेरको र पहिलो मधेसी मूलको प्रधानमन्त्री बन्ने क्रममा हुनुहुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा