सुनको मूल्यमा एकैदिन ५ हजारको उछाल, प्रतितोला २ लाख ८६ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउमा उल्लेख्य वृद्धि भएको छ। गत शुक्रबार ठूलो गिरावट आएको सुनको मूल्यले आज पुनः नयाँ उचाइ तय गर्दै लगानीकर्ता र उपभोक्तालाई चकित बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला पाँच हजार रूपैयाँले बढेको हो। शुक्रबार प्रतितोला चार हजार ६ सय रूपैयाँले घटेर दुई लाख ८१ हजार रूपैयाँमा कारोबार भएको सुन आज आइतबार बढेर दुई लाख ८६ हजार रूपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज ५० रूपैयाँले बढेर चार हजार सात सय २० रूपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य बढ्दो क्रममा रहेको छ। आज विश्व बजारमा सुन प्रतिऔंस चार हजार चार सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा