आइतबार सेयर बजारमा पहिरो: नेप्से ७१ अंकले घट्दा १५ अर्बमाथिको कारोबार

काठमाडाैं । साताको पहिलो दिनै धितोपत्र बजारमा उल्लेख्य गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक ७१.०५ अंक (२.४० प्रतिशत) ले ओरालो लागेर २८७९.११ विन्दुमा खुम्चिएको छ।

अघिल्लो कारोबार दिन २९५०.१६ विन्दुमा अडिएको बजारमा आज सुरुदेखि नै बिक्री चाप देखिएको थियो।

बजारमा दोहोरो अंकको गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी भएको छ। यस दिन ३३३ कम्पनीका ३ करोड ५२ लाखभन्दा बढी कित्ता सेयर १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँमा किनबेच भए, जुन गत बिहीबारको १३ अर्ब १६ करोड रुपैयाँको तुलनामा बढी हो।

आज बजारका सबै उपसमूहका सूचकहरू राताम्मे बनेका छन्। सबैभन्दा बढी गिरावट फाइनान्स समूहमा ३.३८ प्रतिशतको देखियो भने व्यापार समूह ३.०१ र लगानी समूह २.९८ प्रतिशतले ओरालो लागे।

यस्तै, वाणिज्य बैंक र विकास बैंकका सूचक पनि करिब ३ प्रतिशतले घटेका छन्। बिमा, हाइड्रोपावर र होटल तथा पर्यटन लगायतका अन्य क्षेत्रमा पनि २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।

समग्र बजार ओरालो लागे पनि रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर र रिज लाइनसहित ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। अन्य केही हाइड्रोपावर र होटल क्षेत्रका गरी कुल १० कम्पनीका लगानीकर्ताले मात्र आज नाफा कमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा