लगातार दुई दिनको गिरावटपछि सम्हालियो बजार: नेप्से झन्डै २० अंकले बढ्दा ११ अर्बको कारोबार

काठमाडाैं । लगातार दुई दिनसम्म उच्च अंकले ओरालो लागेको धितोपत्र बजारमा आज सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा बन्द भएको हो।

अघिल्लो दिनको तुलनामा ०.६९ प्रतिशतले बजार बढे पनि कारोबार रकममा भने केही गिरावट आएको छ।

आज ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँमा किनबेच भएको छ, जबकि हिजो १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

क्षेत्रगत रूपमा हेर्दा म्युचुअल फण्ड र अन्य समूह बाहेकका सबै उपसूचकहरूमा हरियाली छाएको छ। विशेषगरी उत्पादन तथा प्रशोधन समूहमा १.९४ प्रतिशतको उच्च वृद्धि देखिँदा फाइनान्स १.१२ र होटल तथा पर्यटन समूह १ प्रतिशतले बढेका छन्।

आज कारोबार भएकामध्ये १९५ कम्पनीको मूल्य बढेको छ, जसमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेस्ट इनको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यस्तै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको मूल्य ९.९७ प्रतिशतले बढ्दा सप्तकोशी डेभलपमेन्टका लगानीकर्ताले भने सर्वाधिक ८.९६ प्रतिशत गुमाएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा