मुगुको धैनकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प: आसपासका जिल्लामा पनि धक्का महसुस

काठमाडौँ । कर्णाली प्रदेशको मुगु जिल्लामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति २ बजेर २२ मिनेट जाँदा मुगुको धैनकोट केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको हो।

मध्यरातमा आएको भूकम्पको धक्का मुगुका साथै आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको स्थानीयले बताएका छन्। भूकम्पको धक्का महसुस भएपछि कतिपय स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए। यद्यपि, ४ म्याग्निच्युडको यो भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा