६ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय, १७ नियोग नेतृत्वविहीन

काठमाडौँ । सरकारले विभिन्न ६ मुलुकमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा पठाएका ती राजदूतहरूलाई एक महिनाभित्र स्वदेश फर्कन निर्देशन दिइएको हो।

भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठलाई फिर्ता बोलाइएको हो।

सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका लगायत १७ देशका कूटनीतिक नियोग नेतृत्वहीन भएका छन् । यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न देशका ११ जना राजदूत फिर्ता बोलाएको थियो।

उनीहरूलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा