निजी क्षेत्रको विकासबिना अर्थतन्त्र बलियो हुन सक्दैन: रास्वपा सांसद मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई प्रवद्र्धन गरेर मात्रै देशको अर्थतन्त्रलाई मजबुत बनाउन सकिने बताउनुभएको छ। शनिबार राजधानीमा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

सांसद झाले कुनै पनि मुलुकको अर्थतन्त्रका तीन आधारस्तम्भ— निजी (प्राइभेट), सरकारी (गभर्मेन्ट) र विकास (डेभलपमेन्ट) इकोनोमी हुने उल्लेख गर्दै जबसम्म निजी क्षेत्र बलियो हुँदैन, तबसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने जिकिर गर्नुभयो। “निजी क्षेत्रको वृद्धिका कारण मात्रै मुलुकको अर्थतन्त्र दिगो बन्न सक्छ, सरकारी र विकास अर्थतन्त्रले त केवल स्थायित्वमा मात्र मद्दत पुर्‍याउने हुन्,” उहाँले भन्नुभयो।

छिमेकी मुलुक चीनको उदाहरण दिँदै झाले त्यहाँको निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबर रहेको र नेपालले पनि निजी लगानीकर्ताका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। बालेन्द्र शाह नेतृत्वको सरकार र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण सुधार गर्न खोजिरहेको सन्दर्भमा सांसद झाको यो भनाइलाई महत्त्वपूर्ण मानिएको छ। उहाँले उद्यमशीलता विकासका लागि राज्यले नीतिगत अड्चनहरू हटाउनुपर्ने धारणा समेत राख्नुभयो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा