प्रधानमन्त्री बालेन शाह र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच आज सिंहदरबारमा ऐतिहासिक बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग विशेष छलफल गर्दै हुनुहुन्छ। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी तय भएको छ।

संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले बोलाइएको यो बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने र केन्द्र तथा प्रदेशबीचको समन्वयलाई सुदृढ बनाउने विषयमा केन्द्रित रहनेछ। बैठकमा विशेष गरी स्रोत–साधनको समुचित बाँडफाँड, प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक चुनौतीहरू तथा राष्ट्रिय प्राथमिकताका योजनाहरूको सफल कार्यान्वयनबारे घनिभूत छलफल हुनेछ।

प्रधानमन्त्री सचिवालयका अनुसार देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास र सेवा प्रवाहमा सुधार ल्याई सुशासन कायम गर्न केन्द्र र प्रदेशबीच साझा समझदारी निर्माण गर्ने प्रयास बैठकमा हुनेछ। यस बैठकलाई जनतामा प्रत्यक्ष लाभ पुर्‍याउने र संघीय संरचनालाई थप बलियो बनाउने दिशामा एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा