रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको बीभत्स मृत्यु, ८ सय मिटर तल खस्यो सवारी

रोल्पा । रोल्पामा एक यात्रुवाहक जिप दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने यात्रीहरू बोकेको उक्त जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाको जानकारी लगत्तै रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको प्रहरी टोली उद्धारका लागि घटनास्थलमा खटिएको छ। ठूलो संख्यामा मानवीय क्षति भएको यस घटनाले स्थानीय क्षेत्र शोकमग्न बनेको छ। उद्धार कार्य जारी रहेकाले मृतकको थप विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा