कोशी र मधेशसहितका प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना: सतर्क रहन आग्रह

काठमाडौँ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावले मौसममा बदली आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायतका क्षेत्रमा साधारणतया बदली रहेको छ भने कोशी र बागमतीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी र हिमाली भूभागमा पनि थोरै स्थानहरूमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी प्रदेशका केही स्थान र बागमती तथा गण्डकीका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको क्रम जारी रहने देखिएको छ। मौसममा आएको यो परिवर्तनले दैनिक जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा