नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै, सभापति थापा पनि सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा सभापति गगनकुमार थापाको समेत उपस्थिति रहनेछ। बैठकमा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।  बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थिति र पार्टीका आन्तरिक गतिविधिहरूका बारेमा विस्तृत छलफल हुने बताइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा