कांग्रेसभित्र एकताको कसरत: सभापति थापा र उपसभापति शर्माद्वारा पूर्णबहादुर खड्कासँग भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आन्तरिक विवाद सुल्झाउन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग महत्वपूर्ण भेटवार्ता गरेका छन्। खड्का निवास गोल्फुटारमा आज बिहान ११ बजेदेखि करिब डेढ घण्टासम्म चलेको उक्त भेटमा पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने विषयमा सहमति भएको छ।

विशेष महाधिवेशनपछि सभापति थापाले नेता खड्कासँग गरेको यो दोस्रो भेट हो। यसअघि वैशाख ६ गते पनि उनीहरूबीच छलफल भएको थियो। नेता खड्काले यसअघिको भेटबारे आफ्नो समूहको भेलामा ब्रिफिङ गर्दै पार्टी अहिले गुट–गुटमा विभाजित रहेको र यसलाई एकता वा विभाजनतर्फ लैजाने जिम्मेवारी अब सभापति र उपसभापतिको काँधमा रहेको बताएका थिए।

खड्काले नेतृत्वलाई स्पष्ट रोडम्याप र प्रस्ताव तयार पार्न आग्रह गर्दै पार्टी एकता टुक्रा–टुक्रामा नभई सम्पूर्ण रूपमा हुनुपर्नेमा जोड दिएका छन्। पार्टीभित्रको गुटबन्दी अन्त्य गरी एकता कायम गर्न आफू तयार रहेको समेत उनले स्पष्ट पारेका छन्। सभापति थापाले हिजो मात्रै नेता डा. शेखर कोइरालालाई पनि भेटेर छलफल गर्नुभएको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा