अवैध कन्सल्टेन्सीमाथि प्रहरीको ठुलो अपरेशन: मापदण्ड विपरीतका ९५ केन्द्रमा छापा, ६९ जना सञ्चालक पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिना इजाजत र मापदण्ड विपरीत सञ्चालन भइरहेका कन्सल्टेन्सीहरूमाथि ठूलो कानूनी कारबाही सुरु गरेको छ।

उच्च शिक्षाका लागि विदेश पठाइदिने बहानामा नेपाली नागरिकहरूलाई ठगी गर्ने गरेको व्यापक उजुरी परेपछि प्रहरीले उपत्यकाका विभिन्न स्थानमा सक्रिय अपरेशन चलाएको हो।

कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले यही जेठ १ गते उपत्यकाका विभिन्न क्षेत्रमा एकैसाथ छापा मारेको थियो। प्रचलित शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ को धज्जी उडाउँदै दर्ता तथा नवीकरण बिना नै सञ्चालन भइरहेका ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरू प्रहरीको निशानामा परेका छन्।

त्यस क्रममा नियम मिचेर पूर्वतयारी कक्षा, भाषा शिक्षण र परामर्श सेवा दिँदै आएका ६९ जना कन्सल्टेन्सी सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबै सञ्चालकहरूमाथि हिरासतमा राखेर थप कानुनी अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको अनुसन्धान कार्यालयले जनाएको छ।

यसैबीच, अनुसन्धान कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै यस्ता अवैध र मापदण्ड विपरीतका कन्सल्टेन्सीहरूबाट पीडित भएका नागरिकहरूलाई न्यायका लागि अगाडि आउन आह्वान गरेको छ। विदेश जाने नाममा यी ९५ कन्सल्टेन्सीहरूबाट ठगीमा परेका कोही नेपाली नागरिक भएमा यथाशीघ्र प्रमाणसहित कार्यालयमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा