नेपाल–अमेरिका कूटनीतिक संवाद: परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेश सचिव हुकरबीच टेलिफोन वार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उपविदेश सचिव एलिसन हुकरबिच बिहीबार उच्चस्तरीय टेलिफोन संवाद भएको छ। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स जेठ १६ गते नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा यो महत्त्वपूर्ण संवाद भएको हो।

संवादका क्रममा अमेरिकी उपविदेश सचिव हुकरले परराष्ट्रमन्त्रीको गरिमामय जिम्मेवारी सम्हालेकोमा मन्त्री खनाललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन्। मन्त्री खनालले नेपालको समग्र सामाजिक-आर्थिक विकासमा अमेरिकाले पुर्‍याउँदै आएको निरन्तर र बलियो सहयोगप्रति नेपाल सरकारका तर्फबार अमेरिकी सरकारप्रति आभार प्रकट गरे।

वार्ताका क्रममा मन्त्री खनालले सुशासन, पूर्वाधार विकास, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानी बढाएर आर्थिक वृद्धि हासिल गर्ने नेपाल सरकारको मुख्य प्राथमिकता रहेको स्पष्ट पारेका थिए। उपविदेश सचिव हुकरले नेपाल सरकारले अघि सारेका ती राष्ट्रिय विकासका प्राथमिकताहरूको प्रशंसा गर्दै लक्ष्यहरू हासिल गर्न अमेरिका सधैँ सहकार्य र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाइन्। दुवै पक्षबिच नेपाल र अमेरिकाबीच रहेको झण्डै आठ दशक लामो प्रगाढ र सहकार्यपूर्ण सम्बन्धका विविध आयामबारे समीक्षा हुनुका साथै आपसी हितका लागि द्विपक्षीय तथा बहुपक्षीय मञ्चहरूमा सहयोगलाई अझ सुदृढ बनाएर लैजाने प्रतिबद्धता व्यक्त भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा