दिल्लीमा रवि लामिछाने र मोदीबिच वान-टु-वान वार्ता: ‘नेपालको वर्तमान सरकारसँग काम गर्न उत्सुक छौँ’

काठमाडौँ । पाँच दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राजनीतिक दौडधुपले कूटनीतिक वृत्तमा नयाँ हलचल ल्याएको छ। भारतीय विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित साहसँगको ‘पावर मिटिङ’ सकिएलगत्तै सभापति लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्।

रविसँगको भेटलगत्तै प्रधानमन्त्री मोदीले नेपालको वर्तमान सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै प्रधानमन्त्री मोदीले भनेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो। हामी दुई देशबिचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ (वर्तमान) सरकारसँग सहकार्य गर्न उत्सुक छौँ।’

प्रधानमन्त्री मोदीले रास्वपा सभापति लामिछानेलाई भेट्न पाउँदा अत्यन्तै खुसी लागेको उल्लेख गर्दै साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई आफूले स्वागत गर्ने र त्यसमा पूर्ण रूपमा सहमत रहेको समेत बताएका छन्। दिल्लीमा रविको एजेन्डा स्थापित भएसँगै भारतीय संस्थापन पक्षले नेपालको नयाँ राजनीतिक शक्तिलाई दिएको यो महत्त्वलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा