टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

काठमाडौँ । ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बिहीबार ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले प्राप्त प्रमाणका आधारमा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। थुनछेक थुनुवाइका क्रममा सरकारी वकिलको तर्फबाट तीन जना र प्रतिवादी अधिकारीको तबारबाट ८ जना कानुन व्यवसायीले बहस गरेका थिए।

सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ (हनी ट्र्याप) र ठगी मुद्दामा प्रतिवादी रहेकी अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर गत शनिबार राति काठमाडौँ ल्याइएको थियो। एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनी विरूद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो। उक्त उच्च अङ्कको ठगी तथा आपराधिक लाभको मुद्दामा अधिकारीसहित कुल १० जनालाई प्रतिवादी बनाइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा