तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिनको प्रतिवेदन बुझाइयो: ४५ पेजको प्रतिवेदनमा १७ पेज बयान मात्रै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतम प्रसाद भण्डारीले थपिएको समय अगावै छानबिन प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएका हुन्। समितिले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भेटेर ४५ पेज लामो प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझाउँदै संयोजक भण्डारीले यसलाई जतिसक्दो चाँडो जस्ताको तस्तै सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्।

स्रोतका अनुसार प्रतिवेदनमा तत्कालीन गृहमन्त्री गुरुङको बयान मात्रै १७ पेज लामो रहेको छ। पर्याप्त प्रमाणहरू जुटाएर तयार पारिएको प्रतिवेदनमा गुरुङमाथि लागेको आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि उनको सम्पत्ति विवरणसमेत केलाएर विस्तृत अध्ययन गरिएको छ। मन्त्रिपरिषद्को गत वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी यो छानबिन समिति गठन गरेको थियो।

तत्कालीन गृहमन्त्री गुरुङ र व्यवसायी दीपक भट्टबिच व्यावसायिक साझेदारी देखिएको सार्वजनिक भएको थियो। त्यसबाहेक गुरुङमाथि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको गम्भीर आरोपसमेत लागेको थियो। यी विवाद र आरोपहरू सतहमा आएपछि गुरुङले गत वैशाख ९ गते आफ्नो पदबाट राजीनामा दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा