बढ्दो गर्मीसँगै ट्रान्सफर्मर पड्कने र तार पग्लने समस्या: अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अपिल

चितवन । अत्यधिक गर्मीका कारण विद्युत्‌को माग तीव्र रूपमा बढेपछि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण शाखाले अत्यावश्यकबाहेकका अन्य विद्युतीय सामग्री नचलाउन उपभोक्ताहरूलाई अनुरोध गरेको छ। गर्मी बढेसँगै विद्युतीय खपत ह्वात्तै बढ्दा प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्मरमा ओभरलोड भई भोल्टेजको गम्भीर समस्या देखिएकाले यस्तो कदम चाल्नुपरेको प्राधिकरणले जनाएको छ।

भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार अहिले गर्मीका कारण ओभरलोड भएर ट्रान्सफर्मर पड्कने, तार पग्लने र जल्नेजस्ता प्राविधिक समस्याहरू आइरहेका छन्, जसले गर्दा विद्युत् आपूर्तिमा अवरोध सिर्जना भएको छ। यसका साथै नेपाल विद्युत् प्राधिकरणको ग्रीड सबस्टेशन अटोमेसन आयोजनाले ग्रीड सबस्टेशनलाई अटोमेसन गर्ने कार्य अघि बढाएकाले पनि आपूर्तिमा केही समस्या थपिएको उनी बताउँछन्। यसअघि भरतपुर महानगरपालिका वडा नं ११ मा रहेको सबस्टेशनमा १० वटा पिलरको फिडरलाई अटोमेसन गर्ने काम गरिएको थियो। गत वैशाख १६ गतेदेखि सुरु गरिएको उक्त अटोमेसन कार्य भने हाललाई रोकिएको छ।

भरतपुर वितरण केन्द्रबाट हाल दैनिक ६५ मेगावाट विद्युत् खपत हुँदै आएको छ। यस केन्द्रका दुईवटा सबस्टेसनबाट ९०–९० मेगावाट गरी कुल १८० मेगावाट विद्युत् आपूर्ति गर्ने क्षमता रहेको छ। यस केन्द्रबाट चनौली वितरण केन्द्रमा समेत विद्युत् पठाउने गरिएको छ। केन्द्रमा हाल ७५ हजार ग्राहक आबद्ध छन्। सबै ग्राहकले गर्मी छल्न एकैपटक विद्युतीय सामग्रीको खपत बढाउँदा वितरण प्रणालीले धान्न नसकेको प्रमुख चौधरीले स्पष्ट पारेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा