पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै: आज देशका ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव अझै कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस मौसमी प्रणालीका कारण देशका अधिकांश भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा बादल लागेको छ भने बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, तराईका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। पहाडी क्षेत्रमा वर्षाको आकलन गरिए पनि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने अत्यधिक गर्मी हुने र ‘तातो दिन’ को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आज राती कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा