सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा, संसदीय दलको बैठक जारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले मन्त्री हेरफेरको तयारी तीव्र पारेसँगै सत्ता साझेदार नेकपा एमाले पनि आफ्ना मन्त्रीहरू फेर्ने कसरतमा जुटेको छ। सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा धनगढीमा संसदीय दलको बैठक बसिरहेको छ।

उक्त बैठकमा एमालेका तर्फबाट सरकारमा सामेल भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई जिम्मेवारी दिने विषयमा गम्भीर छलफल भइरहेको बुझिएको छ। सुदूरपश्चिम सरकारमा कांग्रेस र एमालेबिचको केन्द्रीय गठबन्धनको जगमा सरकार निर्माण भएको हो, जसको नेतृत्व कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले गरिरहेका छन्।

भागबन्डाका आधारमा एमालेले विभिन्न मन्त्रालयहरू सम्हाल्दै आएकोमा अब मुख्यमन्त्री शाहलाई यथावत राखी दुवै दलबाट बाँकी मन्त्रीहरू परिवर्तन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाइएको हो। दुवै दलमा मन्त्री फेर्ने विषयमा सघन संवाद चले पनि क-कसलाई फिर्ता बोलाउने र नयाँ कसलाई पठाउने भन्नेबारे ठोस निर्णय आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा