तीन मौसमी वायुको प्रभाव: आज चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यी तीन वटा मौसमी वायुको संयुक्त असरका कारण देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना देखिएको छ।

आज ३१ जेठ आइतबार दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भू-भागका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यो अवधिमा कोशी प्रदेशका केही स्थानहरू, देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी आज रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। राति कोशी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागमा बादल लागिसकेको छ भने सुदूरपश्चिमको तराईमा मौसम मुख्यतया सफा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा