तीन मौसमी वायुको प्रभाव: आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी मौसमी प्रणालीहरूको संयुक्त प्रभावका कारण आज देशभरकै मौसममा आंशिकदेखि साधारणतया बदली रहने छ।

महाशाखाका अनुसार आज ४ असार बिहीबार देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने कोशी र मधेस प्रदेशका तराई भू-भागमा आंशिक बदली हुनेछ। अन्य तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ। यो अवधिमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई र पहाडी क्षेत्रमा हुन सक्ने चट्याङ्ग र वर्षाको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा