रास्वपाको पहिलो महाधिवेशनमा रवि लामिछानेकै नेतृत्व अपरिहार्य छ: रञ्जु न्यौपाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी पहिलो राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छन्। शुक्रबार सङ्घीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको सङ्गठन सुदृढीकरणका लागि यो प्रारम्भिक महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरेकी हुन्।

चितवनमा आयोजना हुने पार्टीको यस महाधिवेशनलाई देश–विदेशबाट निकै चासोका साथ हेरिएको उल्लेख गर्दै सांसद न्यौपानेले आफ्नो उम्मेदवारीबारे समेत स्पष्ट पारेकी छन्। उनले वैधानिक प्रक्रियाअनुसार सुरुमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र त्यसपछि मात्र पदाधिकारीका लागि अघि बढ्ने जानकारी दिइन्। पार्टीभित्रको आन्तरिक असन्तुष्टि र बजारमा चलेका विभाजनका हल्लाहरूलाई पूर्ण रूपमा नकार्दै उनले रास्वपाप्रतिको बढ्दो जनआकर्षणका कारण यस्ता बहस हुनु स्वाभाविक भएको बताइन्।

महाधिवेशनका लागि विभिन्न उपसमितिहरू तीव्र रूपमा क्रियाशील रहेको र आफू स्वास्थ्य उपसमितिमा रहेर जिम्मेवारीपूर्वक काम गरिरहेको समेत उनले जानकारी गराइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा