पेट्रोल प्रतिलिटर २० र डिजेल ३० रुपैयाँले सस्तियो, ग्यासको मूल्य पनि घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठुलो कटौती गर्ने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य उल्लेख्य रूपमा घटाउने निर्णय गरेको हो।

नयाँ निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको छ। मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा अब पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १७७ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ।

यसै गरी, उपभोक्ताको भान्छासँग जोडिएको खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ, जसअनुसार अब एक सिलिन्डर ग्यासको मूल्य २०६० रुपैयाँ पर्नेछ। हवाई इन्धन (आन्तरिक) तर्फ पनि प्रतिलिटर ४० रुपैयाँ मूल्य कटौती गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणाली बमोजिम यो मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा