पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ नियुक्त

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा पोखराका संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठ नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको मन्त्रिस्तरीय निर्णयबाट श्रेष्ठलाई बुधबार उक्त पदको जिम्मेवारी सुम्पिएको हो। पशुपति क्षेत्र विकास कोषको अध्यक्ष संस्कृति मन्त्री रहने कानुनी व्यवस्था रहेको छ।

नवनियुक्त सदस्य सचिव श्रेष्ठ लामो समयदेखि धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। उनी विगत २५ वर्षदेखि पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिर संरक्षण एवं विकासका लागि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा आबद्ध छन्। हाल उनी उक्त समितिको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा समेत रहेका छन्।

कला, साहित्य र सम्पदा संरक्षणमा गहिरो अनुभव सँगालेका श्रेष्ठले यसअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सदस्य सचिवका रूपमा समेत काम गरिसकेका छन्। यसका अतिरिक्त उनी पोखराका पूर्वप्रधानपञ्चसमेत हुन्। उनको लामो अनुभवले पशुपति क्षेत्रको समग्र व्यवस्थापन, संरक्षण र गुरुयोजना कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा