निर्वाचन आयोगको नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको कार्यशैलीप्रति कांग्रेस नेता आङ्देम्बेको असन्तुष्टि

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगको पदाधिकारी सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष वालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकमा उनले परिषद् सदस्यहरूसँग पर्याप्त छलफल नै नगरी प्रक्रिया अघि बढाइएको भन्दै प्रधानमन्त्रीको कार्यशैलीमा सैद्धान्तिक असहमति प्रकट गरेका हुन्।

नेता आङ्देम्बेले प्रधानमन्त्रीसँग आफ्नो औपचारिक चिनजान नै नभएको र संवादहीनताको अवस्था रहेको बताएका छन्। उनले राष्ट्रपति र प्रमुख विपक्षी दलका नेतासँग पनि प्रधानमन्त्रीको संवादहीनता रहेको भन्दै आपत्ति जनाए। बैठकमा प्रधानमन्त्री शाहले भने आफूले प्रधानन्यायाधीश लगायतसँग छुट्टाछुट्टै संवादको प्रयास गरेको तर पत्रकारहरूले उल्टो अर्थ लगाउने गरेको दाबी गरेका थिए। यसको जवाफमा आङ्देम्बेले विपक्षी दलका नेता, सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग प्रत्यक्ष छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

यसका साथै, बैठकमा नेता आङ्देम्बेले पूर्वी नेपालको जनजीवनसँग जोडिएका भौतिक पूर्वाधार निर्माणका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनले तमोर कोरिडोरका पुल, भेडेटार सडक खण्ड र माईखोला–इलाम सडकको समस्या समाधान गर्न माग गरेपछि प्रधानमन्त्री शाहले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई तत्काल स्थलगत अनुगमन गर्न निर्देशन दिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा