फिफा विश्वकप २०२६: मोरोक्कोलाई २-० ले पन्छाउँदै फ्रान्स सेमिफाइनलमा, एम्बाप्पेको कीर्तिमानी गोलसँगै चोटको चिन्ता

काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक क्वाटरफाइनल खेलमा मोरोक्कोलाई २-० गोलअन्तरले पराजित गर्दै साविक उपविजेता फ्रान्सले सेमिफाइनलको यात्रा तय गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सले लगातार तेस्रो पटक विश्वकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले आक्रामक रणनीति अपनाएको थियो। ६०औँ मिनेटमा डिजायर डोउको सानदार पासलाई सदुपयोग गर्दै स्टार फरवार्ड केलियन एम्बाप्पेले डिबक्सको किनारबाट गोल गरी टोलीलाई सुरुवाती अग्रता दिलाए। यस गोलसँगै जारी विश्वकपमा व्यक्तिगत ८ गोल पूरा गरेका एम्बाप्पे सर्वाधिक गोलकर्ताको सूचीमा लियोनेल मेस्सीसँगै शीर्ष स्थानमा पुगेका छन्। त्यसको केही बेरमै अर्थात् ६६औँ मिनेटमा एम्बाप्पेकै पासमा ओसमान डेम्बेलेले उत्कृष्ट गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

यसअघि खेलको २९औँ मिनेटमा मोरोक्कोका नुसाइर माजरावीले एम्बाप्पेलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीको सुवर्ण अवसरलाई फ्रान्सले गुमाएको थियो। एम्बाप्पेको उक्त पेनाल्टी प्रहारलाई मोरोक्कोका गोलकिपर बोनोले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए। फ्रान्सले शानदार जित हात पारे पनि खेलको ७८औँ मिनेटमा विना कुनै विपक्षी ट्याकल अचानक लडेर घाइते भएका एम्बाप्पे मैदानबाट बाहिरिनुले टोलीलाई गम्भीर चिन्ता थपेको छ। अर्कोतर्फ, खेलको अन्तिम समयमा मोरोक्कोका अचराफ हाकिमीलगायतका खेलाडीले केही उत्कृष्ट अवसरहरू सिर्जना गरे पनि फ्रान्सेली गोलकिपर माइक मेग्नान र बलियो रक्षापङ्क्तिलाई छेड्न नसक्दा एटलस लायन्सको विश्वकप यात्रा क्वाटरफाइनलमै टुङ्गिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा