शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदको दरखास्त स्वीकृत, छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौँ । शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदका लागि परेका दरखास्तहरू मध्ये तोकिएको मापदण्ड र योग्यता पुगेका उम्मेदवारहरूको दरखास्त स्वीकृत भएको छ। सिफारिस समितिको निर्णयअनुसार शिक्षा ऐन, २०२८ मा तोकिएका सर्त बमोजिम परेका आवेदनहरूको छानबिन गरी स्वीकृत नामावली सार्वजनिक गरिएको हो।

आयोगका अनुसार अध्यक्ष पदका लागि ६ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको छ। अध्यक्ष पदमा मधुसूदन अधिकारी, रघुराम विष्ट, डा. रोजनाथ पाण्डे, डा. हरिप्रसाद लम्साल, यादवप्रसाद कोइराला र सुरेश अधिकारी रहेका छन्।

त्यस्तै, आयोगको सदस्य पदका लागि दर्ता हुन आएका उम्मेदवारहरू मध्ये २० जनाको दरखास्त स्वीकृत भएको छ। स्वीकृत हुनेहरूमा गोपीराम के.सी., बीरवंश बैठा, गजेन्द्र झा, जीवनप्रकाश रेग्मी, नारायणप्रसाद ढकाल, सरोजकुमार के.सी., इन्द्रमणि पोखरेल, डम्बरकुमार बतास, दुर्गाप्रसाद अर्याल, ध्रुवराज रेग्मी, प्रकाश सापकोटा, कृष्ण गोसाईं, रामप्रसाद गौतम, रमेशप्रसाद लामिछाने, रामनारायण शाह, डा. मुकुन्दमणि खनाल, सुदर्शन मरहठ्ठा, रामाशिष यादव, चन्द्रबहादुर श्रेष्ठ र शिवकुमार कार्की रहेका छन्। आयोगले योग्यता पुगेका उम्मेदवारहरूको मात्र नामावली स्वीकृत गर्दै अब नियुक्ति सम्बन्धी थप प्रक्रिया अगाडि बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा