मौसम अपडेट: आज पाँच प्रदेशमा भारी तथा धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज (आइतबार) देशभरको मौसममा उल्लेख्य बदलाब आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भू-भागका अधिकांश स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू-भागका धेरै स्थानमा र तराई भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

त्यसैगरी आज राति वर्षाको दायरा अझ फराकिलो र तीव्र हुने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हिमपात र वर्षा हुनेछ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भागका साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको उच्च सम्भावना रहेको छ। लगातारको वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा डुबानको जोखिम रहने भएकाले सर्वसाधारणलाई सचेत रहन र पूर्वतयारी अपनाउन अपिल गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा