रोमानियामा रेल दुर्घटना: दुई नेपाली नागरिकको घटनास्थलमै मृत्यु

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा पूर्वी रोमानियाको बाकाउ सहरमा कार्यरत दुई जना नेपाली नागरिकको रेलको ठक्करबाट दुःखद निधन भएको छ। चिमी सडक खण्डमा तीव्र गतिमा गुडिरहेको रेलले लिकमा रहेका उनीहरूलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।

बाकाउ आपत्कालीन सेवा निर्देशनालयका अनुसार स्थानीय समय अनुसार आइतबार बिहान करिब ३:२१ बजे दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारका लागि दमकल, एम्बुलेन्स र सघन उपचार मोबाइल युनिटसहितको टोली घटनास्थल पुगेको थियो। तर, उद्धार टोली पुग्नुअघि नै दुवै जनाको घटनास्थलमै मृत्यु भइसकेको र चिकित्सक टोलीले उनीहरूलाई मृत घोषित गरेको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानबाट मृतकहरू नेपाली नागरिक भएको पुष्टि भए तापनि उनीहरूको नाम तथा नेपालस्थित स्थायी ठेगाना खुल्न बाँकी रहेको छ। नेपालीहरू रेलको लिकमा कसरी पुगे र दुर्घटना कसरी भयो भन्ने विषयमा स्थानीय प्रहरी तथा रेलवे अधिकारीहरूले गम्भीरताका साथ अनुसन्धान अगाडि बढाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा