मौसम अपडेट: आज देशभर वर्षा र हिमपातको सम्भावना, छवटा प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (आइतबार) देशभरको मौसममा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ भने पहाडी तथा तराईका अधिकांश क्षेत्रमा वर्षा र हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुनेछ भने पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानका साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत मध्यम वर्षा हुनेछ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी आज राति पनि देशभरको मौसम पूर्ण रूपमा बदली नै रहनेछ। रातिको समयमा देशका पहाडी र तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ भने हिमाली क्षेत्रमा वर्षा र हिमपात हुनेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका साथै कर्णाली प्रदेशका पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको उच्च जोखिम रहेको छ। लगातारको भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा डुबानको खतरा रहने भएकाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई विशेष सचेत रहन अपिल गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा