काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना गरिएको विशेष भेलामा सहभागी हुने भएका छन्।
उनका स्वकीय सचिव दिनेश चन्द्र थपलियाका अनुसार डा. कोइरालाले उक्त भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। कांग्रेसभित्र वैधानिकता र नेतृत्वको विषयलाई लिएर बहस भइरहेका बेला यो भेला आयोजना गरिएको हो।
भेला कुनै पार्टी विभाजनका लागि नभएको स्पष्ट पार्दै थपलियाले भने, “डा. शेखर कोइरालाले उद्घाटन समारोहमा सहभागी भएर पार्टी एकताकै लागि विशेष आह्वान गर्नुहुनेछ।” उनले संवाद र सहमतिका माध्यमबाट पार्टीभित्रका जटिलताहरू हल गर्दै कांग्रेसलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनेछन्।





