एमाले पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन ओलीद्वारा अस्वीकृत, पुनर्लेखन गर्न निर्देशन

काठमाडौँ । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदा प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकृत गर्दै पुनर्लेखन गर्न निर्देशन दिएका छन्।

सातै प्रदेशका नेता–कार्यकर्ताबाट सुझाव लिएर महासचिव शंकर पोखरेलले मस्यौदा प्रतिवेदन तयार पारेका थिए। उक्त प्रतिवेदनमा पछिल्लो समय पार्टी कमजोर बन्नुमा नेतृत्वको हैसियतले अध्यक्ष ओलीले जिम्मेवारी लिनुपर्ने नेता–कार्यकर्ताको सुझाव समेटिएको थियो। तर, उक्त विषयलाई अध्यक्ष ओलीले नरुचाएपछि प्रतिवेदन पुनर्लेखन गर्न निर्देशन दिएका हुन्।

गत जेठ १० गतेको सचिवालय बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना तयार गर्न बादलको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। ओलीको निर्देशनपछि उपाध्यक्ष बादल आफैँ प्रतिवेदन पुनर्लेखनमा जुटेका छन्। एमालेभित्र पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन नेतृत्व परिवर्तन हुनुपर्ने माग उठिरहे पनि अध्यक्ष ओली भने आफ्नै नेतृत्वमा सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अडानमा छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा