सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताएका छन्।

काठमाडौँमा आयोजित ‘एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट’ (एआईबीडी) को २४औँ सम्मेलनलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिलाई आत्मसात् गर्दै तथ्यपरक र विश्वसनीय पत्रकारितामा जोड दिए। उनले प्रविधि जतिसुकै आधुनिक भए पनि मानवीय सम्पादकीय निर्णय, तथ्य प्रमाणीकरण र व्यावसायिक नैतिकतालाई विस्थापित गर्न नसक्ने स्पष्ट पारे।

गलत सूचना र दुष्प्रचारको समाधान प्रतिबन्ध वा नियन्त्रणमा मात्र खोज्न नहुने उल्लेख गर्दै सञ्चारमन्त्रीले मिडिया साक्षरता, पारदर्शिता र नागरिकको विश्वास अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले प्राकृतिक विपद्, संकट तथा जनचासोका विषयमा सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी समाजमा विश्वास र स्थिरता कायम गर्नुपर्ने बताए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा