त्रिशूली नदीका पुलहरू क्षतिग्रस्त भएपछि त्रिशूली बजारसम्म वैकल्पिक सडक सञ्चालन

काठमाडौँ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पुलहरूमा क्षति पुगी सम्पर्क विच्छेद भएको नुवाकोटको त्रिशूलीपारिको क्षेत्रलाई जोड्न सडक विभागले वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याएको छ।

गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनारतर्फको ट्रयाक खुलाएर सडक विभागले सवारी साधन सञ्चालन गराएको हो। अविरल वर्षाका कारण नदीका मुख्य पुलहरू क्षतिग्रस्त भएपछि स्थानीय बासिन्दा तथा सवारी साधनहरूको आवागमन ठप्प भएको थियो।

सडक विभागका अनुसार अब सवारी साधनहरू गल्छी (त्रिशूली पुलपारि) बाट कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला र गौरीबेसी हुँदै त्रिशूली बजारसम्म पुग्न सक्नेछन्। वैकल्पिक मार्ग सुचारु भएसँगै नुवाकोटका बासिन्दालाई सदरमुकामसम्मको पहुँच सहज भएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा