भोटेकोशी बाढीमा २८९ पर्यटकको उद्धार, ५९१ जना अझै सम्पर्कविहीन : नेपाल पर्यटन बोर्ड

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा अलपत्र परेका २८९ जना स्वदेशी तथा विदेशी पर्यटकको सफलतापूर्वक उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकामध्ये १८० जना भारतीय नागरिक, ८९ जना चिनियाँ नागरिक र बाँकी अन्य मुलुकका पर्यटक रहेका छन्। तर, ५९१ जना पर्यटकहरू अझै पनि सम्पर्कविहीन अवस्थामा रहेको प्रवक्ता शर्माले जानकारी दिए।

पर्यटन बोर्डले प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका पर्यटकका परिवार तथा आफन्तहरूका लागि बोर्डको कार्यालयमा ‘हेल्प डेस्क’ स्थापना गरी परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र सम्बन्धित देशका दूतावासहरूसँगको समन्वयमा खोज, उद्धार र तथ्याङ्क अध्यावधिक गर्ने कार्य तीव्र पारेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा