काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली बाढी प्रभावितहरूको सहायताका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ८ अर्ब रुपैयाँ सङ्कलन भएको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्धार तथा राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ र थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार सङ्कलित कोषमध्येबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा गरिसकिएको छ। सोमध्येबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी अति प्रभावित १५ वटा स्थानीय तहमा ६ करोड ७५ लाख रुपैयाँ तत्कालका लागि पठाइसकिएको छ। कोषमा हाल ६ अर्ब ८८ लाख रुपैयाँ मौज्दात रहेको छ।




