भोटेकोशी बाढी व्यवस्थापनबारे संसद्‌मा सरकारमाथि उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन शाहद्वारा जवाफ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, उद्धार तथा राहत व्यवस्थापनका क्रममा सरकारमाथि उठेका विभिन्न प्रश्नहरूको प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिएका छन्।

बुधबार संसद्‌लाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीको पूर्वसूचना नदिएको, अन्तर्राष्ट्रिय सहयोग नलिएको, शव व्यवस्थापन र सुरुङमा फसेकाहरूको उद्धारका विषयमा विपक्षी सांसदहरूले उठाएका आरोपको खण्डन गरे। विपद्को पूर्वसूचना पाउनेबित्तिकै ११ लाख नागरिकलाई एसएमएसमार्फत सतर्क गराइएको र पहिलो दिनदेखि नै अन्तर्राष्ट्रिय सहयोग लिइएको उनले जानकारी दिए।

यस्तै, पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षणसहित वैज्ञानिक र कानुनी विधि अपनाएर गाडिएको तथा पछि आफन्तसँग डीएनए म्याच गराएर हस्तान्तरण गर्न सकिने प्रधानमन्त्री शाहले स्पष्ट पारे। हाइड्रो सुरुङमा थुनिएका नागरिकको उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र र प्राविधिक ज्ञान परिचालन गरिएको उनले बताए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा