मौसम अपडेट: आज कोशी, बागमती र गण्डकीका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मुलुकभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आज (आइतबार) हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षा तथा हिमपात हुनुका साथै तीनवटा प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा हुनसक्नेछ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

यसैगरी आज राति पनि देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भेगमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली भेगका एक-दुई स्थानमा वर्षा वा हिमपात हुनसक्नेछ। यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भेगका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा