संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलाहरूमा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।

न्युयोर्क बसाइका क्रममा परराष्ट्रमन्त्री खनालले विभिन्न मित्रराष्ट्रका समकक्षीहरू तथा अन्य विशिष्ट अन्तर्राष्ट्रिय व्यक्तित्वहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटका क्रममा नेपालको आर्थिक-सामाजिक विकास, जलवायु परिवर्तनका असर न्यूनीकरण र अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि लगायतका विषयमा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) १४ सदस्यीय टोलीको नेतृत्व गर्दै आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्ने तय भएको छ । परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको भ्रमण अगावै आवश्यक कूटनीतिक तयारी तथा उच्चस्तरीय परामर्श पूरा गर्नेछन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा