परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी समकक्षीबिच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सिनेटर मोहम्मद इसहाक डारबिच संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, क्षेत्रीय सहकार्य तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यका सम्भावनाबारे गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा दुवै देशका परराष्ट्रमन्त्रीहरूले नेपाल र पाकिस्तानबिच रहिआएको सुमधुर, घनिष्ठ तथा सहयोगात्मक सम्बन्धका विभिन्न आयामहरूबारे विचार आदानप्रदान गरेका थिए । विशेषगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई थप सक्रिय र प्रभावकारी बनाउने तथा संयुक्त राष्ट्रसङ्घसहितका अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा हितका विषयहरूमा आपसी सहयोगलाई अझ सुदृढ तुल्याउनुपर्नेमा दुवै नेताहरूले जोड दिएका छन् ।

यसैगरी द्विपक्षीय भेटवार्तामा व्यापार, पर्यटन, शैक्षिक आदानप्रदान र जलवायु परिवर्तनका साझा चुनौतीहरूको सामना गर्न सहकार्य गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रका अवसरमा विभिन्न मित्रराष्ट्रका प्रतिनिधिमण्डल प्रमुख तथा समकक्षीहरूसँग नियमित भेटवार्ता जारी राखेका छन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा