महाअष्टमी पर्व श्रद्धापूर्वक मनाइँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो

काठमाडौँ । बडा दसैँको आठौँ दिन आज महाअष्टमी पर्व देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । आज शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । गुह्येश्वरी, भद्रकाली, नक्साल भगवती, दक्षिणकाली तथा देशभरका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

महाअष्टमीको रातलाई तान्त्रिक दृष्टिले महत्त्वपूर्ण कालरात्रि भनिन्छ । यस रात दसैँघर तथा शक्तिपीठमा विशेष पूजा, हवन तथा अनुष्ठान सम्पन्न गरिन्छ । मध्यरातमा महाकालीको आराधना गर्दै असुर शक्तिमाथि विजयको कामना गर्ने विश्वास छ ।

विभिन्न शक्तिपीठमा बलि तथा सात्विक रूपमा कुभिन्डो, नरिवल र फलफूल अर्पण गरिएको छ । भक्तजनको सहज दर्शनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा