लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गत अनुसन्धान सुरु

काठमाडौँ । लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको विशेष अनुसन्धान टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको वित्तीय कसुरसम्बन्धी विषयमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको हो । विवादित व्यक्ति इनाम सापकोटासँगको शङ्कास्पद वित्तीय कारोबार र कनेक्सन देखिएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका पूर्वसीईओ भट्टलाई हाल जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राखेर कानुनी प्रक्रिया तथा आवश्यक बयान लिने कार्य भइरहेको छ । प्रहरीले उनीमाथि म्याद थप गरी बैंकिङ कसुर तथा अवैध कारोबारका विषयमा थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

भट्ट यसअघि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रूपमा चार वर्षे कार्यकाल पूरा गरी केही समयअघि मात्रै बिदा भएका थिए । उच्च पदस्थ पूर्वअधिकारी नै वित्तीय कसुरको अनुसन्धानमा पक्राउ परेपछि यस घटनालाई प्रशासनिक तथा व्यावसायिक वृत्तमा चासोका साथ हेरिएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा