परिवर्तनका लागि सोचसँगै व्यवहार बदल्न जरुरी छ: प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले देशमा वास्तविक परिवर्तन ल्याउनका लागि सोचसँगै व्यक्तिगत तथा सामाजिक व्यवहार पनि बदल्न अपरिहार्य रहेको बताएका छन् । असत्यमाथि सत्यको विजयको प्रतीक मानिने विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शाहले समाजमा आसुरी प्रवृत्तिका रूपमा जरा गाडेर बसेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति अन्त्य गर्न सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन् । हरेक नागरिकले आफ्ना लागि अभिभावकीय सरकार छ भन्ने अनुभूति दिलाउन इमानदार प्रयास र सामूहिक संकल्प आवश्यक रहेको उनको भनाइ छ ।

विजयादशमीले मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक मनोवृत्तिलाई त्याग्न प्रेरणा दिने चर्चा गर्दै प्रधानमन्त्रीले सकारात्मक सोच र सत्कर्मको मार्गमा अघि बढ्न आह्वान गरे । मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने परम्पराले सामाजिक आत्मीयता र पारिवारिक एकतालाई सुदृढ बनाउने उनले उल्लेख गरे ।

भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजलाई यस पर्वले एकताको बलियो सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहले आ-आफ्नो क्षमताअनुसार पर्व मनाउन र आपसी सद्भाव, सम्मान र भ्रातृत्व बाँड्न सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा