नेपाली कांग्रेस देउवा पक्षको रुपन्देही–५ को सभापतिमा कमलप्रसाद भुसाल निर्वाचित

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशनबाट कमलप्रसाद भुसाल सभापतिमा निर्वाचित भएका छन्। संस्थापन (देउवा) पक्षको तर्फबाट उम्मेदवार बनेका भुसालको नेतृत्वमा नयाँ क्षेत्रीय कार्यसमिति चयन भएको हो।

लुम्बिनीस्थित बुद्धमाया होटल प्यालेस, पर्सा चोकमा सम्पन्न अधिवेशनले भुसालको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ क्षेत्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

अधिवेशनको उद्घाटन समारोहमा नेता दामोदर भुसाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा युवा नेता विष्णु पोखरेल, लुम्बिनी अञ्चल सहसंयोजक लीला कुमारी पौडेल, युवा नेता आशिष शर्मा, पूर्वप्रदेशसभा सदस्य रमा अर्याल तथा क्षेत्र नम्बर ५ का सहसंयोजक गुनाखर पोखरेललगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि भुसाल तथा अन्य वक्ताहरूले पार्टी संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको मजबुती तथा नेता–कार्यकर्ताबिच एकता र सहकार्य अपरिहार्य रहेको औंल्याए। उनीहरूले पार्टीलाई जनतासँग थप नजिक बनाउँदै स्थानीय समस्या, जनजीविकाका सवाल र नागरिकका आवश्यकतालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित सभापति भुसालले सम्पूर्ण पार्टी पंक्तिलाई समेटेर संगठनलाई थप चलायमान र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा