पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड आज चार घण्टा पूर्ण रूपमा बन्द हुने, यस्तो छ तालिका

चितवन । पृथ्वी राजमार्गअन्तर्गत धादिङ र चितवन जोड्ने मलेखु–मुग्लिङ सडकखण्डमा आज सोमबार चार घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । सडक विस्तार तथा स्तरोन्नति कार्यअन्तर्गत आकाशे पुलको गर्डर राख्नुपर्ने भएकाले यातायात आवागमन रोक्न लागिएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) का अनुसार सडकखण्डको मझिमटारमा निर्माण भइरहेको आकाशे पुलको यात्रु हिँड्ने मुख्य भाग (गर्डर) क्रेनको सहायताले राख्ने काम गर्नुपर्ने भएकाले बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सडक बन्द गरिनेछ ।

आयोजनाका पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार निर्माण कार्यलाई छिटो र सुरक्षित रूपमा सम्पन्न गर्न चार घण्टासम्म यस खण्ड भएर गुड्ने साना तथा ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुहरूलाई धैर्यतापूर्वक यथास्थानमा रोकिन, लेन अनुशासन कडाइका साथ पालना गर्न र ट्राफिक प्रहरीको निर्देशन अनुसार चल्न आयोजनाले विशेष अनुरोध गरेको छ । सडक बन्दका कारण यात्रुहरूमा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमायाचना समेत गरेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा