सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित

सरकारले सैनिक सेवा (तेस्रो संसोधन), २०७७ नियमावली पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्रालयको प्रस्तावमा संसोधित सैनिक नियमावली पारित गरेको हो।

बुधबार पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पुस २९, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। पुस २७ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णयमा ७ औं नम्बरमा सैनिक सेवा नियमावली (तेस्रो संसोधन) स्वीकृत गर्ने निर्णय भएको उल्लेख छ।

पुसमै निर्णय गरेको भएपनि सरकारका प्रवक्ताले आज मात्रै औपचारिक रुपमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन। यो सँगै अब नेपाली सेनाका सिपाहीले १६ बर्षमै पेन्सनमा जाने बाटो खुलेको छ।

मन्त्रिपरिषद्ले संसोधित सैनिक नियमावली पारित गरेसँगै अब सो निर्णय स्वीकृतीका लागि राष्ट्रपति कार्यालयमा जाने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृती प्रदान गरेसँगै नेपाल राजपत्रमा प्रकाशित भएपछि १६ बर्षे पेन्सन सेवा नेपाली सेनामा कार्यान्वयनमा आउने छ।

पेन्सनबारे साना दर्जाको सैनिकको निरन्तर गुनासो आइरहेपछि सम्बोधनका लागि प्रधानसेनापति पूर्णचन्द्र थापाले अथक प्रयाश गरेका हुन। यो सँगै सिपाहीलाई १६ बर्षमा पेन्सन दिलाउने प्रधानसेनापति थापाको सपना पनि पुरा भएको छ।

सैनिक सेवा नियमावलीको तेस्रो संशोधन २०७७मा नेपाली सेनाका सिपाही र फलोअर्सले सेवा प्रवेश गरेको १६ वर्षमा पेन्सन पाउने उल्लेख छ। नयाँ नियमावली अनुसार ०६० साल वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएकाका लागि यो संशोधन लागु हुने छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा