आवश्यक पर्यो भने संसदको बैठक बसेर केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले आवश्यक पर्यो भने आफूहरु संसदको बैठक बसेर केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले यस्तो चेतावनी दिएका हुन् ।

शुक्रबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने,‘संसद विघटन गर्ने ओलीको कदम असंवैधानिक छ । हामी सांसदहरु जिउँदै छौं । हामी मरेका छैनौं । हामी जिउँदै छौं । कुनै तानाशाहले मैले मारें भन्दैमा हामी मर्नेवाला छैनौं ।

सभामुखले बैठकको आयोजना गर्नुहुन्छ, हामी बैठक गर्छौं । केपीलाई कारबाही गर्न सकिन्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अगाडी भने, ‘सर्वोच्च अदालतले सही फैसला गर्छ भन्नेमा हामी विश्वस्त छौं । त्यही भएर अहिले नै संसद बैठक बसिएको छैन् । जरुरी पर्यो भने हामी बैठक बस्छौं ।

जनताले श्री ३ हुन चाहनेलाई सहनेछैनन् । केही महिनाभित्र नेपाली जनताले धेरै महिना लड्नु पर्ने छैन । आफुलाई बादशाह भन्न रुचाउनेलाई जनताले नै खसाल्नेछन् । र लोकतन्त्र फेरि ट्रयाकमा आउनेछ ।’

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा