सर्वोच्च अदालत बारका प्रतिनिधिसँग आज भएको छलफलमा इजलास गठनमा देखिँदै आएको विवाद नदोहोरिने गरी दीर्घकालीन समाधान खोज्न राणा सहमत भएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।
त्यसका लागि सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली परिवर्तन गर्न राणा तयार भएको उनले जानकारी दिए ।
‘प्रधानन्यायाधीशज्यूले एकसाताभित्रै कार्यसञ्चालन नियमावली परिमार्जन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने भन्नु भएको छ, सम्भवत आजको सुनुवाइ स्थगित होला,’ उनले भने ।
प्रतिनिधिसभा विघटनको मुद्दा र संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको मुद्दा हेरिरहेको सर्वोच्चको संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको सम्बन्धमा विपक्षी गठबन्धनका कानून व्यवसायीले प्रश्न उठाउँदै आएका छन् ।





